PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

एभिसी सेन्ट्रलजोन पुरुष भलिबलः कीर्गिस्तानलाई उपाधि



एभिसी सेन्ट्रलजोन पुरुष भलिबलः कीर्गिस्तानलाई उपाधि

काठमाडौंः एभिसी सेन्ट्रलजोन पुरुष भलिबलको उपाधि कीर्गिस्तानले जितेको छ। आज लगनखेलस्थित नेपाल आर्मीको शारीरिक प्रशिक्षण केन्द्रमा भएको फाइनल खेललाई उज्बेकिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल उपाधि हात पारेको हो। कीर्गिस्तानले पहिलो सेट २६–२४, दोस्रो सेट २७–२५ र तेस्रो खेल २५–१९ ले हात पारेको हो।

समूह चरणबाटै दुवै टोली अपराजित रहेका थिए। कीर्गिस्तान समूह 'ए'को विजेता तथा उज्बेकिस्तान समूह 'बी' विजेतासमेत हो। कीर्गिस्तानले सेमिफाइनलमा तुर्कमेनिस्तानलाई ३–०को सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको थियो। कीर्गिस्तानले पहिलो सेट २५–१७, दोश्रो सेट २५–१८ र तेस्रो सेट २५–२२ ले जितेको थियो। यता उज्बेकिस्तानले पनि सेमिफाइनलमा माल्दिभ्सलाई ३–०कै सोझो सेटमा पराजित गरेको थियो। उज्बेकिस्तानले पहिलो सेट २५–२० दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–२१ ले हात पारेको थियो।

एभिसी सेन्ट्रलजोन पुरुष भलिबल च्याम्पियनसिपमा नेपाललगायत कीर्गिस्तान, माल्दिभ्स, तुर्कमेनिस्तान, बंगलादेश, उज्बेकिस्तान र अफगानिस्तानको सहभागिता रहेको थियो।
 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell