त्रिपोली: लिबियाको समुद्री तटमा डुंगा दुर्घटना हुँदा करिब ४० जनाको मृत्यु भएको छ।
संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय (यूएनएचसीआर) का अनुसार लिबियाबाट युरोप प्रवेश गर्न सो डुंगामा करिब १०० आप्रवासी सवार थिए।
घटना लगत्तै समुद्रबाट ६५ आप्रवासीलाई सकुशल उद्धार गरिएको बताइएको छ। उद्धार गरिएकाहरु धेरैजसो सुडानका रहेको यूएनएचसीआरका प्रवक्ता चार्ली याक्सलीले जनाएका छन्।
लिबियाको समुद्री तटहुँदै अवैधानिक रुपमा युरोप प्रवेश गर्ने क्रममा हरेक महिनामा त्यहाँ डुंगा दुर्घटना हुने गरेको छ। युरोपियन युनियनले कोस्ट गार्ड र लिबियन सेनासँगको सहकार्यमा उनीहरुलाई रोक्ने प्रयास गरिरहेको छ। त्यसक्रममा हजारौं मानिसहरुलाई हाल नियन्त्रणमा लिएर त्रिपोली स्थित शिविरमा राखिएको छ।