काठमाडौं: आज बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ।
वरिष्ठ नेता रामचन्द्र पौडेल उपस्थित नभएपछि बैठक स्थगन भएको हो। नेता पौडेल अस्वस्थ भएका कारण समितिको बैठकमा उपस्थित नभएकाले बैठक स्थगन भएको बताइएको छ। नेता पौडेललाई इन्डोस्कोपी गरिएकोले आराम गरिरहेको बताइएको छ। बैठक भोलि दिउँसो २ बजेका लागि सारिएको छ।
सानेपास्थित कांग्रेसको केन्द्रीय कार्यालयमा बोलाइएको आजको बैठकमा उपनिर्वाचन, स्थानीय तह संगठनको पुनःसंरचना र दोस्रो चरणको जागरण अभियान लगायतका विषयमा छलफल गरिने तय भएको थियो।
कांग्रेसले दोस्रो चरणको राष्ट्रिय जागरण अभियान भदौ २४ गतेबाट शुरु हुँदैछ।
उपनिर्वाचन मंसिर १४ गते हुने भएकोले यसको तयारीबारे पनि केन्द्रीय समितिमा छलफल गर्ने तय गरिएको थियो।