PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ढाड दुख्ने समस्या कसरी कम गर्ने?



ढाड दुख्ने समस्या कसरी कम गर्ने?
फोटो: Getty Image ।

ढाड दुख्ने समस्या विश्वभरि नै मानिसहरुका लागि ठूलो समस्या बनेको छ। मानिसहरु शारीरिक रुपमा धेरै निष्क्रिय हुँदा यस्ता समस्या बढ्दै गएका हुन्।

यसअघि ढाड दुख्ने समस्याको प्रमुख कारणको रुपमा मानिसहरुको बस्ने तरिकालाई मानिन्थ्यो। कुर्सीमा ढाड सीधा पारेर बस्दा ढाड दुख्ने समस्या कम हुने र कुप्रो परेर बस्दा यो समस्या बढ्छ भन्ने आम मानिसहरुको बुझाइ रहेको थियो

तर पछिल्ला तीन दशकमा गरिएका अनुसन्धानहरुले ढाड तथा घाँटी दुख्ने समस्यासँग बस्ने तरिकाको न्यून सम्बन्ध रहेको देखाएको छ। बस्नु भनेको कम भार पर्ने काम भएकाले ढाड सिधा पारेर वा कुप्री परेर जसरी बस्दा पनि मेरुदण्डमा कम असर पर्ने अनुसन्धानहरुले देखाएका छन्।

वास्तवमा ढाड दुख्ने समस्याको प्रमुख कारण भनेको शारिरिक निष्क्रियता नै रहेको वैज्ञानिकहरुले बताएका छन्। त्यसकारण बस्ने तरिकामा भन्दा पनि शारिरिक रुपमा कसरी सक्रिय रहन सकिन्छ भन्ने कुरामा बढी ध्यान दिनुपर्ने वैज्ञानिकहरुको सुझाव छ।

स्ट्रेन्थ एन्ड ब्यालेन्स व्यायाम तथा योगले ढाड दुख्ने समस्या मत्थर पार्न सहयोग गर्ने बताइएको छ। नियमित कसरत गर्न समय नभएकाहरुले पनि दैनिक जीवनयापनमा केही परिवर्तन ल्याएर सक्रिय रहन सक्छन्। उदाहरणको लागि लिफ्टको सट्टामा सिँढी/भर्‍याङको प्रयोग गर्ने, बस स्टेसनभन्दा केही परै बसबाट ओर्लिएर बाँकी बाटो हिँड्ने आदि गरेर पनि सक्रिय रहन सकिन्छ।

दिनहुँ अफिसको काममा व्यस्त रहनेहरुका लागि पनि कामका बीचमा हरेक आधा घण्टा जसोमा छोटो ब्रेक लिनु अत्यावश्यक हुन्छ। सो समयमा उठेर हिँडडुल गर्ने, शरीर तन्काउने आदि गर्न सकिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell