PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रधानमन्त्री ओलीको उपचार प्रक्रिया बुधवार सकिने



प्रधानमन्त्री ओलीको उपचार प्रक्रिया बुधवार सकिने
फाइल फोटो ।

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार प्रक्रिया बुधवार सकिने भएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले निजी चिकित्सक डा दिलिप शर्मालाई उद्दृत गर्दै प्रधानमन्त्रीको उपचार प्रक्रिया बुधवार सकिने जानकारी दिएका हुन्।

उनले आइतवार ट्वीट गर्दै प्लाज्मा फेरेसिस प्रक्रियाबाट मृगौला सम्बन्धी एन्टीबडीलाई निवारण गर्नेगरी उपचार जारी रहेको जानकारी दिए।

'भोलि सोमबार छैठौं र बुधबार सातौं चरणको प्रकृया सम्पन्न भएसँगै उपचार पूरा हुनेछ', अर्यालले ट्वीटमा भनेका छन्।

 

अर्यालले सिंगापुरमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था समान्य रहेको पनि जानकारी दिएका छन्।

प्रधानमन्त्री ओली यहि भदौ ५ गते उपचारका लागि सिंगापुर गएका थिए। त्यसअघि प्रधानमन्त्री ओली साउन १८ गते सिङ्गापुरस्थित नेशनल युनिर्भसिटी अस्पतालमा स्वास्थ्य परीक्षण गराई साउन २७ गते स्वदेश फर्किएका थिए।  

प्रधानमन्त्री ओलीको शरीरमा मृगौलासम्बन्धी एण्टीबडीको मात्रा केही बढी देखिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell