PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

तत्कालीन एमालेका सभासद् कार्की पक्राउ



तत्कालीन एमालेका सभासद् कार्की पक्राउ

काठमाडौं: तत्कालीन नेकपा एमालेबाट सभासद् रहेका डिबी भनिने डोलबहादुर कार्की पक्राउ परेका छन्।

आज बिहान केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले उनलाई काठमाडौंबाट नियन्त्रणमा लिएको हो। 'अदालतको फैसलाअनुसार हामीले नियन्त्रणमा लिएका हौं,' ब्युरोका एसपी दीपक रेग्मीले भने।

लमजुङबाट एमालेको समानुपातिक सभासद् भएको बेला प्रहरी निरिक्षक बनाइदिने भन्दै घुस लिएको अभियोगमा कार्कीलाई पक्राउ गरेको थियो।

गत असारमा सर्वोच्चका न्यायधिक दीपकुमार कार्की र कुमार रेग्मीको इजालले दोषी ठहर गर्दै कैद सजाय सुनाएको थियो। कार्कीलाई ६ महिना कैद र १ लाख रुपैयाँ जरिवान सुनाएको थियो।

२०६७ भदौ १४ गते राजकुमार राईलाई नेपाल प्रहरीको प्रहरी निरीक्षकमा जागिर लगाइदिने भन्दै चार लाख पाँच हजार रुपैयाँ घुस लिएको देखिएको थियो। त्यस मध्येको दुई लाख पाँच हजार स्वामी ब्रम्हानन्द उदासीनले र एक लाख कार्कीले लिएको देखिएको थियो।

बिशेष अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१)(ग) बमोजिम जनही ४/४ महिना कैद र विगो बमोजिम एक/एक लाख रुपैया जरिवाना र प्रतिवादीमध्येका डोल बहादुर कार्कीलाई निज संविधानसभा तथा व्यवस्थापिका संसदको सभासद भएकोले थप दुई महिना कैद सजाय समेत गरी जम्मा ६ महिना कैद र रएक लाख जरिवाना हुने ठहर गरेको फैसलालाई सर्वोच्च अदालतले सदर गरेको थियो ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell