PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

डेंगुका कारण सिन्धुपाल्चोकमा एक जनाको मृत्यु



डेंगुका कारण सिन्धुपाल्चोकमा एक जनाको मृत्यु

फूलमान तामाङ-

नवलपुर: डेंगु रोग लागेर सिन्धुपाल्चोकका एक जनाको मृत्यु भएको छ। इन्द्रावती गाउँपालिका १२ भीमटारका ६० वर्षीया रामबहादुर दनुवारको मृत्यु भएको हो।

राजधानीको मध्य बानेश्वरस्थित भेनस अस्पतालमा उपचारका क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ। संक्रमण देखिएपछि बुधबार दिउँसो अस्पताल भर्ना भएका उनको आज बिहान मृत्यु भएको अस्पतालले उल्लेख गरेको छ। अस्पतालले उनमा डेंगु सक सिन्ड्रोम देखिएको जनाएको छ।

ज्वरो आउने, टाउको दुख्ने समस्या देखिएपछि दनुवारलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको वडा १२ का वडाध्यक्ष कमलरत्न दनुवारले जानकारी दिए। धुलिखेल अस्पतालले डेंगु भएकाले काठमाडौै लैजान भनेपछि बानेश्वरस्थित भेनस अस्पताल भर्ना गरेको उनले बताए।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले उनलाई डेंगु भएको पुष्टि गरेको छ।

अस्पतालले दनुवारको मृत्यु डेंगुकै कारणले भएको प्रमाणित गरेपछि अहिले भीमटारमा गाउँपालिकाले स्वास्थ्यकर्मी परिचालन गरेको छ। भीमटार सिन्धुपाल्चोककै अत्याधिक गर्मी हुने स्थान हो। गाउँवासीमा डेंगुको संक्रमण हुन सक्ने र त्यसलाई रोकथामका लागि स्वास्थ्यकर्मी परिचालन गरिएको इन्द्रावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद रोकाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell