PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा तालिबानसँगको शान्ति सम्झौता रद्द



अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा तालिबानसँगको शान्ति सम्झौता रद्द
फोटो : GETTY IMAGES

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिबानसँगको शान्ति सम्झौता रद्द गरेको बताएका छन्।

ट्रम्पले ट्वीट गर्दै आफूले अफगानी राष्ट्रपति असरफ घानी र तालिबानी नेताहरुसँग आइतवार भेट गर्ने बताएका थिए। तर तालिबानले काबुलमा अमेरिकी सैनिकको मृत्यु हुने गरि भएको आक्रमणमा आफ्नो संलग्नता रहेको स्वीकारेपछि ट्रम्पले सो वार्ता रद्द गरेका थिए।

कतारमा अमेरिका र तालिबानका प्रतिनिधिहरुबीच धेरै चरणमा भएको वार्तापछि शान्ति सम्झौताको खाँका तयार भएको थियो। सम्झौता अनुसार अमेरिकाले अफगानिस्तानमा कार्यरत आफ्ना ५ हजार ४०० सैनिकलाई २० हप्ताभित्र फिर्ता बोलाउने उल्लेख रहेको बताइएको छ।

यसै तयारीबीच ट्रम्पले अफगनी र तालिबानी नेताबीच वार्ता हुने तय भएको थियो। गत बिहीवार काबुलमा भएको कार बम विस्फोटमा १२ जनाको मृत्यु भएको थियो। तालिबानी आक्रमणमा अमेरिकी सैनिकको समेत मृत्यु भएपछि ट्रम्पले आजलाई तय भएको वार्ताका साथै शान्ति वार्ता नै रद्द गरेको घोषणा गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell