PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

भोलिबाट भक्तपुरमा अन्तरविद्यालय फुटसल



भोलिबाट भक्तपुरमा अन्तरविद्यालय फुटसल

भक्तपुर: सोमबारबाट 'हामी सक्छौं' भन्ने मुल नाराका साथ युवाका साथ साथ आवाज नेपालको आयोजना, सुर्यविनायक र चाँगुनारायण नगरपालिका सहयोगमा र विभिन्न ग‌ैरसरकारी संघसंस्था र व्यापारी केन्द्रहरुको सहकार्यमा दोस्रो भक्तपुर जिल्लाव्यापी यु-१६ अन्तरविद्यालय फुटसल गोल कप-२०१९ हुने भएको छ।

गोल कप तीन दिनसम्म सञ्चालन हुने संस्थाका सचिव श्रीकृष्ण थापाले बताए। प्रतियोगितामा भक्तपुर जिल्लाका २८ वटा विद्यालयहरुको सहभागिता रहनेछन्। बालबालिका र युवाहरुको क्षेत्रमा हुने गरेका विकृति र विसङ्गतीहरुको विरुद्धमा लड्न हामी सक्छौं अभियानलाई सहयोग गर्न कार्यक्रम आयोजना गरिएको संस्थाका संस्थापक दिपेश बिसुङ्केले बताए।

प्रतियोगितामा प्रथमलाई ट्रफी, मेडल, प्रमाणपत्र र नगद २० हजार, दोस्रोलाई ट्रफी, मेडल, प्रमाणपत्र र नगद १० हजार र तेस्रोलाई ट्रफी,मेडल र प्रमाणपत्र साथै सहभागी विद्यालयहरुलाई प्रमाणपत्र प्रदान गरिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell