PahiloPost

Jul 3, 2024 | २० असार २०८१

यू १९ एसिया कप: नेपालद्वारा बङ्गलादेशसामु २६२ रनको चुनौती प्रस्तुत, जवाफी ब्याटिङमा बंगलादेश



यू १९ एसिया कप: नेपालद्वारा बङ्गलादेशसामु २६२ रनको चुनौती प्रस्तुत, जवाफी ब्याटिङमा बंगलादेश
फोटो: Asian Cricket Council

काठमाडौँ: श्रीलङ्कामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज जारी खेलमा नेपालले बङ्गलादेशलाई जितका लागि २६२ रनको चुनौती दिएको छ।

कोलम्बोको पिएसएस क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउदै २६१ रनको योगफल बनायो। नेपालका लागि पवन सर्राफ र सन्दीप जोराले अर्धशतकीय इनिङ्स खेले।

पवनले १०९ बलमा एक छक्का र आठ चौकाको मद्दतमा ८१ रनको योगदान दिए। त्यस्तै सन्दीपले ३७ बलमा तीन छक्का र तीन चौका प्रहार गर्दै ५६ रन जोडे। त्यस्तै रित गौतमले ३२, कुशल मल्लले २८, भीम सार्कीले २१ तथा कप्तान रोहित पौडेलले १४ रन बनाए।

बङ्गलादेशका लागि तान्जिम हसन शकिब र साहिन आलमले समान २÷२ विकेट लिए। नेपाललाई अघिल्लो चरण प्रवेशको लागि पनि बङ्गलादेश विरुद्धको खेलमा जित्नैपर्ने दबाब छ।

यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल घरेलु टोली श्रीलङ्कासँग पाँच विकेटले पराजित भएको थियो। बङ्गलादेश अहिले जवाफी ब्याटिङमा उत्रेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell