PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

केकीलाई फिल्मको लोभ 



केकीलाई फिल्मको लोभ 

अभिनेत्री केकी अधिकारी यति बेला दिपेन्द्र लामा निर्देशित फिल्म 'छ माया छपक्कै' को सुटिङमा व्यस्त छिन्। छ माया छपक्कैसँगै उनी अर्को नयाँ फिल्म 'सेल्फि किङ' मा पनि अनुबन्धित भएकी छिन्।

आइतबार काठमाडौंमा आयोजित फिल्म 'सेल्फि किङ' को ‍औपचारिक घोषणा कार्यक्रमका बीच केकी अधिकारीले आजकल फिल्मको निकै नै लोभ लाग्ने गरेको खुलासा गरिन्।

उनले भनिन्, 'जति धेरै फिल्म गर्‍यो त्यति नै फिल्मको लोभ लाग्ने रहेछ। यो फिल्ममा काम गर्न पाउदा म निकै नै खुसी छु।'

विशाल सापकोटाको निर्देशन रहने सेल्फि किङमा दिनेश राउतले लगानी गर्दैछन्। विशाल र केकीले यसअघि दिनेश राउतको डेब्यु निर्देशन रहेको फिल्म 'आइएम सरी' मा अभिनय गरेका थिए। यसअघि दिनेश राउत निर्देशित फिल्म 'प्रासद' ले नेपाली बक्स अफिसमा राम्रो व्यापार गरेको थियो।

केकीको 'छ माया छपक्कै' दशैं अघि प्रर्दशनमा आउने भनिएता पनि फिल्म अब दशैंपछि मात्र प्रर्दशनमा आउने भएको छ भने 'सेल्फि किङ'को पनि केही दिनपछि छायांकन सुरु हुने निर्माण टिमले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell