PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ब्रेक्जिट अगाडि नै निर्वाचन गराउने बेलायती प्रधानमन्त्रीको प्रस्ताव फेरि अस्वीकृत



ब्रेक्जिट अगाडि नै निर्वाचन गराउने बेलायती प्रधानमन्त्रीको प्रस्ताव फेरि अस्वीकृत
फोटो : GETTY IMAGES

लन्डन: बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बेलायतलाई युरोपियन युनियनबाट अलग्गाउने (ब्रेक्जिट) अगाडी नै आम निर्वाचन गर्न गरेको प्रस्ताव त्यहाँको संसदले दोस्रोपटक अस्वीकृत गरेको छ।

बोरिसको प्रस्तावको पक्षमा २९३ सांसदहरुले मात्र समर्थन गरेका थिए भने विपक्षीमा ४६ मत परेको थियो। ३०३ सांसदले मतदानमा भाग नै लिएनन्। प्रस्ताव पारित हुनका लागि ४३४ मत आवश्यक रहन्छ।

लिबरल पार्टी लगायतका विपक्षी दलले पहिला नै बोरिसको समर्थन नगर्ने बताएका थिए।

बुधवार पनि जोनसनले समयअगावै आमनिर्वाचन गर्ने गरेको प्रस्ताव त्यहाँको संसदले अस्वीकृत गरेको थियो।

सो मतदानमा जोनसनको पक्षमा २९८ मत पर्दा विपक्षमा भने ५६ मत परेको थियो। प्रस्ताव पारित हुन दुईतिहाई सदस्यको आवश्यक रहन‍्छ। तर २८६ विपक्षी सांसदहरुले प्रस्तावमा मतदान नै गरेनन। यससँगै बोरिसको प्रस्ताव अस्वीकृत भएको थियो।

ब्रेक्जिट अनिश्चित बन्दै जाँदा बोरिसले आफ्नो प्रस्तावमा समर्थन नगरे चाँडै आमनिर्वाचनको प्रस्ताव बताउँदै आएका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell