PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

विद्यालय नाटक महोत्सवमा ‘छाउपडी’ को कथा



 विद्यालय नाटक महोत्सवमा ‘छाउपडी’ को कथा

विराटनगरः विराटनगरस्थित सुशीला कोइराला नाटकघरमा जारी विद्यालय नाटक महोत्सवमा बुधबार ‘छाउपडी’ मञ्चन गरियो।

हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा विराटनगरको सप्तकोशी बोर्डिङ स्कुलका विद्यार्थीहरुले महोत्सवको छैठौँ दिन छाउपडी मञ्चन गरेका हुन्। विद्यालयका शिक्षक भवानी दाहालको लेखन तथा निर्देशनमा नाटक छाउपडीमा तयार गरिएको थियो। खासगरि पश्चिम नेपालमा अझैसम्म पनि प्रचलनमा रहेको प्रथा छाउपडीका कारण महिलाहरुले भोग्नुपर्ने समस्यामा नाटक केन्द्रित थियो।

नाटकले छाउपडी जस्ता कुप्रथाले समाजलाई विकृत बनाएको कथा बोलेको थियो। आरोहण- गुरुकुल विराटनगरको आयोजनामा भाद्र २० गतेदेखि विद्यालय नाटक महोत्सव भइरहेको छ । आज भने बूढानीलकण्ठ स्कुलका विद्यार्थीहरुले 'नासो' नाटक मञ्चन गर्नेछन्।

आयोजकको म-नैतिक नाटक मञ्चन गरि सुरु भएको महोत्सवमा ५ विद्यालयले आ-आफ्ना नाटक मञ्चन गरेका छन्।

विराटनगर महानगरपालिकाको संरक्षण र प्रवद्र्धनमा सुरु भएको नाटक महोत्सवमा दैनिक ४ बजे नाटक मञ्चन गरि महोत्सव भाद्र २९ गतेसम्म चल्नेछ। विद्यालयपनि नाट्य गतिविधि गर्न प्रोत्साहित हुन् भन्ने हेतुले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ।

महोत्सवमा लिलिपुट प्रिमियर एलिमेन्ट्री स्कुलले भदौ २७ गते शुक्रबार 'प्रधानमन्त्री', श्री श्री रविशंकर विद्या मन्दिरले भदौ २८ गते शनिबार 'चण्डालिका एक अनन्त प्रेम कहानी' र रंगेली नगरपालिकाको रञ्जनी एकेडेमिक स्कुलले भदौ २९ गते 'परिवेश' मञ्चन गर्दै नाटक महोत्सव समापन हुनेछ। नाटक महोत्सवमा सांग्रिला बुक्स र वाईवाई चाउचाउले सहयोग गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell