PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

हङकङ संकट: प्रदर्शनकारीले प्रहरीमाथि पेट्रोल बम प्रहार गरेपछि चल्यो अश्रुग्यास



हङकङ संकट: प्रदर्शनकारीले प्रहरीमाथि पेट्रोल बम प्रहार गरेपछि चल्यो अश्रुग्यास
फोटो : ANTHONY WALLACE/AFP/Getty Images

हङकङ : हङकङमा आइतवार राति प्रहरी र प्रदर्शनकारीबीच पुन: झडप भएको छ। करिब चारमहिना देखि हङकङमा सुपुर्दगी विधेयकको विरुद्ध प्रदर्शन हुँदै आएको छ। सरकारले विरोध चर्किँदै गएपछि विधेयक फिर्ता लिएपनि प्रदर्शनकारीहरुले भने सरकार विरुद्ध प्रदर्शन गर्दै आएका छन्।

चीनबाट हङकङ स्वतन्त्र हुनुपर्ने पक्षधरका अभियन्ताहरु समेत संलग्न भएको आन्दोलनले राजनीतिक मोड लिँदै गएपछि हङकङ महिनौंदेखि संकटमा रहँदै आएको छ। उनीहरुले हङकङकी कार्यकारी प्रमुख क्यारी ल्यामको राजीनामा माग्नुका साथै प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपको स्वतन्त्र छानविन हुनुपर्ने माग राख्दै आएका छन्।

आइतवार स्वतन्त्र पक्षधर र बेइजिङ पक्षधरबीच नर्थपोइन्ट क्षेत्रमा झडप भएको थियो। आन्दोलनमाथि प्रतिबन्ध लगाइएपनि हजारौंको संख्यामा सरकार विरोधी प्रदर्शनमा मानिसहरु सहभागी भएका थिए। ।

प्रहरीमाथि प्रदर्शनकारीले पेट्रोल बम प्रहार गरेपछि अवस्था नियन्त्रणमा लिनका लागि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो।

बेइजिङले भने हङकङ चीनको अभिन्न अंग रहेको भन्दै हङकङ आन्दोलनलाई आतंकवादको संज्ञा दिएको छ। चीनले परिस्थिति नियन्त्रण बाहिर जान सक्ने भन्दै आवश्यक परे हङकङमा चिनियाँ जनमुक्ति सेना परिचालन गर्न सक्नेतर्फ सचेत गराइसकेको छ। यद्यपि, प्रदर्शनकारीहरु भने चीनको चेतावनीको बेवास्ता गर्दै आन्दोलन गरिरहेका छन्।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell