PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मोदीको भाषा कूटनीति: ओलीले गुजरातीमा बधाई दिँदा उनको धन्यवाद नेपालीमा



मोदीको भाषा कूटनीति: ओलीले गुजरातीमा बधाई दिँदा उनको धन्यवाद नेपालीमा

काठमाडौं: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षी केपी शर्मा ओलीले जन्मदिनमा दिएको शुभकामनाका लागि धन्यवाद व्यक्त गरेका छन्।
 
ओलीले तीन भाषा (अङग्रेजी, हिन्दी र गुजराती) मा मोदीलाई जन्मदिनको शुभकामना दिएका थिए। ओलीले आफ्नै राष्ट्रभाषामा नेपालीलाई बिर्सिएको भन्दै आलोचना भइरहँदा उता मोदीले भने नेपाली भाषामा नै ओलीलाई धन्यवाद दिन भ्याए।
 
ओलीले गुजराती भाषामा लेखेको ट्वीटलाई रिट्विट गर्दै मोदीले लेखेका छन्, 'मेरा मित्र प्रधानमन्त्री ओलीज्यू, तपाईको शुभकामनाका लागि धन्यवाद व्यक्त गर्न चाहन्छु। यहाँको शुभकामनाको अत्यन्तै कदर गर्दछु।'

मोदी ट्वीटरमा आफूलाई शुभकामना दिने सबैलाई ट्वीटरमार्फतै धन्यवाद दिँदैछन्।

जन्मदिनमा मोदीलाई तीन भाषामा शुभकामना दिएका प्रधानमन्त्री ओलीलाई प्रश्न : नेपालीमा चाहिँ खोइ त?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell