PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

तस्बिरमा इन्द्रजात्राको अन्तिम दिन

तस्बिरमा इन्द्रजात्राको अन्तिम दिन


काठमाडौं : येँया: (इन्द्रजात्रा) को अन्तिम दिन मंगलवार 'नानिचा:या' (बीचको टोल परिक्रमा) गराउँदै जीवित देवी कुमारीसँगै जीवित देवताहरु गणेश र  भैरवको रथयात्रा गर्दै सम्पन्न भयो। क्वनेया: (तल्लो टोल) र थनेया: (माथिल्लो टोल) मा पुरुषहरुले रथ तान्ने गर्छन्। नानिचा:या: मा भने महिलाहरुले वसन्तपुरबाट रथ तानेर रथयात्रा सुरु गर्ने गर्छन्। पहिला महिलाहरुले रथ तान्ने परम्परा नभए पनि गणतन्त्र आएपछि यो परम्परा सुरु भएको हो।

रथयात्रा समापनपश्चात् राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपुरस्थित कुमारी घर गई श्री कुमारी, श्री गणेश र श्री भैरवको दर्शन गर्नाका साथै प्रसाद ग्रहण गरिन्।

मंगलवारबाटै पुलुकिसी, मजिपा लाखे, सवभक्कु र दी: प्याखं पनि एक वर्षका लागि समापन भयो।

प्रविण रानाभाट रोजन श्रेष्ठले खिचेका तस्बिरहरु



ट्रेन्डिङ पोस्ट

Ncell