PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

जंगलमा आगो लगाएको आरोपमा इन्डोनेसियामा २०० जना पक्राउ



जंगलमा आगो लगाएको आरोपमा इन्डोनेसियामा २०० जना पक्राउ
फोटो : Wahdi Septiawan/Antara Foto via Reuters

इन्डोनेसियामा डढेलोका कारण हजारौं हेक्टर जंगल विनाश भएको छ। जुन महिनादेखि हालसम्म इन्डोनेसियाको ६ प्रान्तमा गरि करिब २ लाख ८० हजार हेक्टर जंगलमा आगो लागेको अधिकारीहरु बताएका छन्।

तेल कम्पनी स्थापना गर्नका लागि जंगलको जमिन प्रयोग गर्ने उद्देश्यका साथ आगलागी गराइएको अनुमान गरिएको छ। प्रहरीले आगो लगाउने कार्यमा संलग्न भएको आरोपमा  २०० जनालाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ।

आगलागी नियन्त्रणमा लिनका लागि १४ हजार अग्‍नी नियन्‍त्रकका साथै ९ हजारभन्दा बढी प्रहरी र सेनालाई परिचालन गरिएको छ।

डढेलोका कारण पानीको स्रोत विनाश हुन अनुमान गरिएको छ। पानीको अभाव र आगो लागेको स्थानमा सवारीसाधन पुग्न नसक्ने भएकाले पनि आगलागी नियन्त्रणमा ढिलाई भएको बताइएको छ।

यता, इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले आगलागी नियन्त्रण गर्न सक्दो प्रयास गरिरहेको बताएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell