PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

अफगानिस्तानको कालातमा एक अस्पताल बाहिर बम विस्फोट, १० जनाको मृत्यु



 अफगानिस्तानको कालातमा एक अस्पताल बाहिर बम विस्फोट, १० जनाको मृत्यु
फोटो: REUTERS

अफगानिस्तानको एक अस्पताल बाहिर बम विस्फोट हुँदा १० जनाको मृत्यु भएको छ।

कालात शहरमा बम बोकेको ट्रक विस्फोटहुँदा सो घटना भएको बताइएको छ। विस्फोटका कारण अस्पतालको केही भागमा क्षति पुग्नुका साथै एम्बुलेन्सहरु ध्वस्त भएका छन्।

उक्त बम आक्रमण तालिवान लडाकूहरुले गराएको बताइएको छ। तालिबानले भने आफूहरुले अस्पताललाई त्‍यससँगैको सरकारी गुप्तचर विभागको कार्यलालयलाई निशाना बनाएको बताएका छन्।

राष्ट्रपति निर्वाचन नजिकिँदै जाँदा तालिबानले अफगानिस्तानमा धेरै आक्रमण गरिरहेको अधिकारीहरुले दाबी गरेका छन्। मंगलवारमात्रै तालिबानले अफगानिस्तानका राष्ट्रपति असरफ घानी उपस्थित निर्वाचन र्‍यालीमा आक्रमण गरेको थियो। सो आक्रमणमा २६ जनाको मृत्यु भएको थियो।

केही हप्ता अघिमात्रै अमेरिकी राष्ट्रपति ट्रम्पले तालिबानसँगको शान्ति सम्झौता रद्द गरेका थिए। तालिबानले भने ट्रम्पले चाहे आफूहरु पुन: वार्तामा बस्ने बताएका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell