PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ग्यास र हवाइ इन्धनको मुल्य घट्यो : ग्यास प्रतिसिलिन्डर १,३५० रुपैयाँ



ग्यास र हवाइ इन्धनको मुल्य घट्यो : ग्यास प्रतिसिलिन्डर १,३५० रुपैयाँ

काठमाडौं: नेपाल आयल निगमले एलपी ग्यास र  हवाइ इन्धनको मुल्य घटाएको छ। आज राति १२ बजेबाट लागू हुने गरी मुल्य घटाइएको निगमले जनाएको छ।

आज साँझ एक विज्ञप्ति जारी गर्दै निगमले भनेको छ, 'निगम संचालक समितिको मिति २०७६/०६/०२ गतेको निर्णय बमोजिम मिति २०७६/०६/०३ गते राति १२ : ०० बजेदेखि लागू हुने गरी अन्तराष्ट्रिय उडान तर्फको लागि विक्री गर्ने हवाई ईन्धनको साविकको मूल्य १०५० अमेरिकी डलर प्रति किलो लिटरबाट ५० डलर प्रति किलो लिटरले घटाई नयाँ विक्रि मूल्य १००० अमेरिकी डलर प्रति किलो लिटर कायम गरिएको छ। एलपी ग्यासको साविकको मूल्य १३७५ रपैयाँमा २५ रुपैयाँ प्रति सिलिण्डरले घटाई काठमाडौंको हकमा नयाँ खुद्रा बिक्री मूल्य १३५० रुपैयाँ प्रति सिलिण्डर कायम गरिएको छ।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell