PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

शीर्ष नेताको कार्यशैली नफेरिएसम्म पार्टीभित्रको तिक्तता मेटिन्न : शेखर कोइराला



शीर्ष नेताको कार्यशैली नफेरिएसम्म पार्टीभित्रको तिक्तता मेटिन्न : शेखर कोइराला

विदुर: नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेताहरुले मञ्चबाट हात उठाएर हामी मिल्यौं भनेरमात्रै पार्टी भित्रको समस्या समाधान नहुने र गुटबन्दीको अन्त्य नहुने  बताएका छन्।

नेपाली कांग्रेसको दोस्रो चरणको जागरण अभियानको समापन कार्यक्रमलाई नुवाकोटको विदुरमा आयोजित सभालाई सम्बोधन गर्दै कोइरालाले नेताहरुको कार्यशैलीमा परिवर्तन नआएसम्म पार्टीभित्रको तिक्तता नमेटिने धारणा राखे। 

उनले १४औं महाधिवेशनपछि पार्टीभित्रको गुटबन्दी र भागबण्डाको राजनीतिको अन्त्य हुने दाबी गरे। 

डा कोइरालाले विभिन्न निर्वाचनको टिकट वितरणमा पार्टीबाट गल्ती र कमीकमजोरी भएको स्विकार गर्दै अबका दिनमा कार्यकर्तामाथि कुनै पनि अन्याय हुन नदिने प्रतिबद्धता जनाए।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य बहादुरसिंह तामाङ, नुवाकोट कांग्रेसका सभापति जगदिश्वर नरसिंह केसी, पूर्व सांसद डा शोभाकर पराजुलीलगायतले मन्तव्य राखेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell