PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

राष्ट्रपतिले पदीय गरिमा मिचेर देउवाको आलोचना गरेको सिन्धु काँग्रेस सभापति लामाको आरोप



राष्ट्रपतिले पदीय गरिमा मिचेर देउवाको आलोचना गरेको सिन्धु काँग्रेस सभापति लामाको आरोप

  • फूलमान तामाङ

चौतारा: नेपाली काँग्रेस सिन्धुपाल्चोकका सभापति विकास लामाले सभापति शेरबहादुर देउवाको बोलीमाथि राष्ट्रपति विद्यादेवी भण्डारीले पदीय गरिमा मिचेर व्यङ्ग्य गरेको आरोप लगाएका छन्।

आज सिन्धु काँग्रेसले चौतारामा आयोजना गरेको दोस्रो राष्ट्रिय जागरण अभियान समापन विरोध सभामा सभापति लामाले उक्त आरोप लगाएका हुन्।

कार्यक्रम समापन गर्दै सभापति लामाले नेकपाको सरकारले बनाएको राष्ट्रपतिले सभापति देउवालाई आलोचना गर्ने अधिकार नभएको टिप्पणीसमेत गरे। 'पटकपटक प्रधानमन्त्री भईसकेका व्यक्तिलाई आलोचना गर्ने अधिकार राष्ट्रपतिलाई छैन,' उनले भने, 'देउवा जेल नबसेको भए, देउवाले निर्वाचन नगरेको भए सत्ताधारी पार्टी कहाँ हुन्थ्यो? रास्ट्रपति कहाँ हुन्थिन्?

सरकारको आलोचना सहन नसक्ने राष्ट्रपतिलाई कांग्रेस लक्षित आलोचना गर्ने अधिकार नभएको उल्लेख गर्दै उनले यस्तो अभिव्यक्ति दोहोरिए कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिए।

कार्यक्रममा प्रमुख अतिथि कांग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले सरकार काण्डैकाण्डमा फसेकोले जनता अब चुप लागेर बस्न नहुने धारणा राखे।

महिला संघकी जिल्ला अध्यक्ष गीता नेपाल ढुंगानाले राष्ट्रपतिले आफ्नो पदको ध्यान नदिइ जे पाए त्यही बोल्न नहुने सुझाव पेश गरिन्।

कार्यक्रममा केन्द्रबाट खटाइएका केन्द्रीय प्रतिनिधि उत्तम आचार्य र प्रभात लामाले मन्तव्य राखेका थिए।

वक्ताहरुले नेकपा सरकारले जताततै भ्रष्टाचार गरेको र सरकारले जनतालाई भ्रष्टाचार मात्रै उपहार दिएको आरोप लगाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell