काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद आशाकुमारी विकले देशलाई खुला दिसामुक्त घोषणा गरिए पनि शौचालयलगायत पर्याप्त पूर्वाधार निर्माण नभएको प्रति सरकारको ध्यानाकर्षण गराएकी छिन्।
प्रतिनिधिसभा बैठकको शून्य समयमा विकले नेपाल खुला दिसामुक्त घोषणा भइसके पनि काठमाडौं महानगर भित्र जम्मा ६० वटामात्र सार्वजनिक शौचालय रहेको तर तीमध्ये मुस्किलले २० वटा मात्र प्रयोगमा आएको बताउँदै सार्वजनिक शौचालय नहुँदा महानगरवासीहरुलाई गाह्रो भएको बताएकी हुन्।
राजधानीमै पर्याप्त सङ्ख्यामा सार्वजनिक शौचालय नभएको र भएका पनि प्रयोग नभएको भन्दै उनले भनिन्,' महानगरमा यात्रा गर्दा पानी नपिई हिँड्नुपर्ने बाध्यता रहेको छ। सरकारले सबैलाई सहज हुनेगरी सार्वजनिक शौचालयको व्यवस्था गरोस्।