PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

भारतमा बीजेपीले म्यानमारमा जस्तै नरसंहार गर्ने योजना बनाउँदैछ : पाकिस्तानी प्रधानमन्त्री इमरान खान



भारतमा बीजेपीले म्यानमारमा जस्तै नरसंहार गर्ने योजना बनाउँदैछ : पाकिस्तानी प्रधानमन्त्री इमरान खान
फोटो : JIM WATSON/AFP VIA GETTY IMAGES

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतमा म्यानमारमा जस्तै नरसंहार हुनसक्ने बताएका छन्। सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी)को योजनामा भारतमा मुस्लिम समुदायमाथि नरसंहार हुनसक्ने भन्दै उनले अन्तर्राष्ट्रिय समुदायलाई चेतावनी दिएका हुन्। म्यानमारमा रोहिंग्या मुस्लिममाथि त्यहाँको सेनाले नरसंहार गरेको आरोप लाग्‍दै आएको छ। अन्तर्राष्ट्रिय न्यायालयले पनि म्यानमारलाई नरसंहार रोक्न निर्देशन दिइसकेको छ। 

टर्कीको समाचार एजेन्सी अनादोलुसँगको कुराकानीमा खानले बीजेपीले भारतमा रहेका मुस्लिम समुदायलाई विभाजित गर्ने प्रयास गरिरहेको भन्दै भर्खरै लागू भएको नागरिकता कानूनले ठूलो संख्यामा मानिसहरु नागरिकताको अधिकारबाट बञ्चित हुने बताए।

' म्यानमारमा यस्तै भएको हो। पहिला त्यहाँ रेजिस्ट्रेशन कानून ल्याइयो र पछि मुस्लिमहरुलाई बाहिर पठाइयो। त्यसपछि त्यहाँ नरसंहार भयो। त्यसपछि त्यहाँ नरसंहार भयो। भारत पनि त्यही दिशामा अग्रसर भइरहेको छ भन्ने डर मलाई लागिरहेको छ।'  खानले भने।

असाममा नागरिकता रजिस्ट्रशन गर्न अस्वीकृत भएकाहरुलाई बंगलादेशले लिन अस्वीकार गरेको अवस्थामा उनीहरुको भविष्य अनिश्चित भएको खानले बताए। असाममा नागरिकता बिहिन करिब २० लाख मानिस रहेको ती मध्ये अधिकांश मुस्लिम रहेको बताइन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell