बलिउड अभिनेता अभिषेक बच्चन यतिबेला फिल्म 'बोब विस्वास'को छायांकनमा ब्यस्त छन्। फिल्मको छायांकन कलकत्तास्थित रवीन्द्र सरोबरमा भइरहेको छ। यसैबीच छायांकनको क्रममा नै रहेको फिल्म विवादमा फसेको छ।
फिल्म छायांकनका क्रममा नेशनल ग्रीन ट्रिब्युनलको आदेश उल्लंघन गरेको आरोप लागेपछि फिल्म विवादमा फसेको हो।
ट्रिब्युनलले सरोबरमा प्लास्टिक प्रयोग गर्न प्रतिबन्ध लगाउँदै आएको थियो। तर रवीन्द्र सरोबर भित्र खाना पकाएको र प्लास्टिकको प्रयोग गरेको भन्दै मर्निङ बक्स एसोसिएशनले यस विषयलाई लिएर विरोध गरिरहेको छ।
विरोध भइरहँदा पनि निर्माण टिमले सबै नियमहरुको उल्लंघन गर्दै फिल्मको छायांकन जारी राखेका छन्।
दीया अन्नपूर्ण घोष निर्देशित यस फिल्म रेड चिलिज इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको छ। फिल्ममा अभिषेकसँगै चित्रांगदा सिंहको मुख्य भूमिका रहनेछ।