
काठमाडौं: गोरखा तीनधारेस्थित त्रिभुवन पुस्तकालयको जीर्ण भवन पुन: निर्माण भएको छ।
मनकामना दर्शन प्रालिबाट प्राप्त १० लाख रुपैयाँले पुस्तकालयको जीर्ण भवन निर्माण भएको हो।
विसं २००८ मा उद्यमी लक्ष्मणबाबु श्रेष्ठको सक्रियतामा स्थापना भएको पुस्तकालयको जीर्ण बनेपछि उनका छोराहरु राजुबाबु, रोशनबाबु र राजेशबाबु श्रेष्ठले पुस्तकालय पुनर्निमाणका लागि सहयोग गरेका हुन्।
गोरखा नगरपालिका र स्थानीयवासीको संयुक्त प्रयासमा निर्माण आरम्भ गरिएको भवनको दुई तल्लासम्मको ढलान कार्य सम्पन्न भइसकेको राजेशबाबुले जानकारी दिए।
निर्माण समितिले पुस्तकालयलाई सञ्चालनमा ल्याइरहन गरिएको आर्थिक सहयोगको सम्मान गर्दै दाताहरुमा धन्यवादसमेत व्यक्त गरेको छ।
दिवंगत लक्ष्मणबाबुको सम्मान र स्मृतिमा भवनको भुँईतल्लाको उनकै नामबाट नामाकरण गरी उनको तस्बिर राख्ने निर्णय भएको निर्माण समितिले जनाएको छ।