काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि नर्वेका राजदूत लास्से जोर्न जोहानेसेँ बीच भेटवार्ता भएको छ।
सभामुख सापकोटा र राजदूत जोहानेसेँबीच सोमवार सिंहदरबारस्थित सभामुख सापकोटाको कार्यकक्षमा शिष्टाचार भेट भएको हो। भेटमा राजदूत जोहानेसेँले भर्खरै निर्वाचित भएका सभामुख सापकोटालाई शुभकामना व्यक्त गरे।
भेटवार्ताका क्रममा राजदूत जोहानेसेँले दुवै देशको आर्थिक र सामाजिक विकासका लागि सहकार्य गर्न आपसी समझदारीमा अगाडी बढ्नुपर्ने बताए। भेटमा दुई देशबीचको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका लागि सहकार्य गर्ने विषयमा समेत छलफल भएको थियो।