PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

विपक्षी सांसदले राष्ट्रपतिको आलोचना गरेपछि टर्कीस् संसदमा सांसदहरुबीच कुटाकुट



विपक्षी सांसदले राष्ट्रपतिको आलोचना गरेपछि टर्कीस् संसदमा सांसदहरुबीच कुटाकुट
AP Photo

टर्कीको संसदमा सांसदहरुबीच कुटाकुट भएको छ। विपक्षी दल रिपब्लिक पिपल्सका एक सांसदले टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानको आलोचना गरेपछि संसदमा सांसदहरुबीच हानाहान भएको हो।

सांसद एन्जिन ओजकोकले सिरियामा गरिएको सैन्य कारवाहीलाई लिएर राष्ट्रपतिले सेनाको अपमान गरेको आरोप लगाएका थिए।  उनले सेनालाई सैन्य हवाई सहयोग बिना युद्धमा पठाइनुलाई पनि गलत ठहराएका थिए।

टर्कीले सिरियालाई सैन्य सहयोग गर्दै आएको छ। युद्धमा त्यहाँ तैनाथ करिब ५० टर्कीस सेनाको मृत्यु भइसकेको छ।

केही दिनअघि मात्रै सिरियाको इड्लिब प्रान्तमा भएको हवाई आक्रमणमा ३३ टर्कीस् सैनिकको मृत्यु भएको थियो। आक्रमणमा टर्कीका सयौं सेनिक घाइते भएका थिए।

हवाई आक्रमणमा सिरियाली सेनाले संलग्नता हुन सक्ने अनुमान गरिएको थियो।

इड्लिबमा केही समयदेखि टर्कीको समर्थन पाएका लडाकू समूह र रसिया समर्थित सिरियाली सेनाबीच युद्ध एकअर्का विरुद्ध आक्रमण भइरहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell