PahiloPost

Jul 3, 2024 | २० असार २०८१

इटालीमा कोरोनाको कहरपछि यस्तो देखियो 'लकडाउन'

इटालीमा कोरोनाको कहरपछि यस्तो देखियो 'लकडाउन'


कोरोना भाइरसको संक्रमणबाट इटालीमा मृत्यु हुनेको संख्या ६ सय ३१ पुगेको छ। चीनको वुहानबाट फैलिएको भाइरसको कारण चीनपछि इटाली सबैभन्दा बढी प्रभावित भएका छन्। १० हजार मानिस भाइरसबाट संक्रमित भएका छन्।

भाइरसको संक्रमण नरोकिएसँगै इटाली सरकारले देशव्यापी ‘लकडाउन’ गरेको छ।

पहिला उत्तरी क्षेत्रलाई मात्रै 'लकडाउन' गर्ने बताएको इटालीले भाइरसको संक्रमण बढेसँगै देशभर लकडाउन गर्ने निर्णय गरेको हो। अप्रिल ३ सम्म यो व्यवस्था लागू हुनेछ। लकडाउनका कारण करिब ६ करोड जनता घरमा नै बसिरहेका छन्। अति आवश्यक कामबाहेक घरबाहिर निस्कन निषेध गरिएको छ।

लकडाउनसँगै इटालीमा आयोजना हुँदै आएको र हुन लागेका सबै खेलकुद प्रतियोगितालाई रद्द गरिएको छ। विद्यालय र विश्वविद्यालयहरु पनि अप्रिल ३ सम्मका लागि बन्द गरिएको छ।

'लकडाउन' गरिएपनि आंशिक रुपमा सार्वजनिक यातायात भने संचालनमा ल्याइएको छ। तर, स्थगित गर्न नमिल्ने पारिवारिक कार्यक्रम र अनुमति लिएका मानिसबाहेकलाई यात्रा गर्न प्रतिबन्ध लगाइएको छ। गलत सूचना दिएर यात्रा गर्नेलाई ३ महिना जेल सजायका साथ २ सय २५ अमेरिकी डलर जरिवाना गराउने घोषणा पनि इटाली सरकारले गरेको छ।

विश्वभर ४ हजारभन्दा धेरै मानिसको भाइरसको कारण मृत्यु भइसकेको छ भने एक लाखभन्दा धेरै संक्रमित भएका छन्। 

PHOTO: EPA-EFE, BLOOMBERG,REUTERS,AFP


ट्रेन्डिङ पोस्ट

Ncell