PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

कोरोनाको कहर : युरोप विश्वव्यापी महामारीको ‘केन्द्रविन्दु’बन्दै गएको डब्लुएचओको ठहर



कोरोनाको कहर :  युरोप विश्वव्यापी महामारीको ‘केन्द्रविन्दु’बन्दै गएको डब्लुएचओको ठहर
PHOTO : ABC NEWS

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले  युरोप कोरोना भाइरस संक्रमणको ‘केन्द्रविन्दु’ बनेको जनाएको छ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण युरोपभर फैलिँदै गएसँगै डब्लुएचओका प्रमुख टेड्रोस एड्हानोम गेब्रायसेजले युरोप भाइरसको केन्द्रविन्दु बनेको बताएका हुन्।  डब्लुएचओले केही दिन अघि मात्रै कोरोना भाइरसलाई विश्वव्यापी महामारी घोषणा गरेको थियो।

सबै राष्ट्रहरुलाई भाइरस रोकथामका लागि आवश्यक रणनीति बनाउन र सर्तकता अपनाउन भन्दै गेब्रायसेजले भने, ‘युरोप यो विश्वव्यापी महामारीको केन्द्रविन्दु बनेको छ। विश्वको अरु कुनै क्षेत्रमा भन्दा यहाँ यस भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या निकै धेरै रहेको छ। यो आगोलाई बल्न दिइरहनु हुँदैन।’

युरोपमा १७ हजार ६ सयभन्दा धेरैमा भाइरसको संक्रमण देखिएको छ। १ हजार २ सय ६६ जना संक्रमितहरुको मृत्यु भइसकेको छ।

युरोपियन राष्ट्रहरुमा इटाली सबैभन्दा धेरै प्रभावित भएको छ। यहाँमात्रै १२ हजारभन्दा धेरैमा भाइरसको सकंम्रण देखिएको छ। संक्रमण बढेसँगै इटाली सरकारले अप्रिलसम्मका लागि देशभर लकडाउन गरेको छ। यस्तै, अन्य युरोपियन राष्ट्रहरुले समेत सतर्कता अपनाउन थालेका छन्। डेनमार्क, चेक रिपब्लिक, स्लोभाकिया,अस्ट्रिया, युक्रेन र पोल्यान्डले आफ्नो सीमा अन्य देशका नागरिकालागि बन्द गरेको छ। बेल्जियम,फ्रान्स,स्विटजरल्यान्डमा विद्यालयहरु बन्द गरिएका छन्।

विश्वभर १ लाख ३१ हजार ५ सयभन्दा धेरैमा भाइरसको संक्रमण देखिएको छ भने मृत्यु हुनेको संख्या करिब पाँच हजार पुगेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell