PahiloPost

Jul 3, 2024 | २० असार २०८१

कोरोनाको त्रासमा रहेका इटालियनहरुले झ्यालबाहिर निस्किएर गाए एकताको गीत

कोरोनाको त्रासमा रहेका इटालियनहरुले झ्यालबाहिर निस्किएर गाए एकताको गीत


इटालीमा कोरोना भाइरसको संक्रमणको कारण मृत्यु हुनेको संख्या १ हजार २ सय ६६ पुगेको छ। चीनको वुहानबाट फैलिएको भाइरसबाट हाल इटाली सबैभन्दा धेरै प्रभावित भएको छ। एकैदिन २ सय ५० जना भाइरस संक्रमितको मृत्यु भएसँगै इटालीमा संक्रमणको त्रास झनै फैलिएको छ।

इटाली सरकारले भाइरसको संक्रमण बढेसँगै पुरै देश 'लकडाउन' गरेको छ। यद्यपि, संक्रमितको संख्या भने बढिरहेको छ।

करिब ६ करोड जनता विगत केही दिनयता घरमा नै बसिरहेका छन्। अत्यावश्यक काम बाहेक कसैलाई पनि बाहिर आउन निषेध गरिएको छ।

यसैबीच संक्रमणको त्रासबीच घरमा बसिरहेका इटालियनहरुले गीत गाएर आफूहरु एकअर्काको साथ रहेको प्रस्तुत गरेका छन्। घरका झ्यालहरुमा विभिन्न बाजाहरु लिएर उनीहरुले गीत गाएका भिडियोहरु सार्वजनिक भएका छन्। देशभर चलेको 'फ्ल्यास मव'मा उनीहरुले आफ्नो राष्ट्रिय गान समेत गाएका थिए।

गीत मार्फत उनीहरुले कोरोना भाइरसको त्रास फैलिएपनि आफूहरु सबै त्यस विरुद्ध लडिरहेको र अन्य देशलाईहरुलाई सर्तक रहन आग्रह समेत गरेका छन्।

PHOTO : DAILYMAIL/AP



ट्रेन्डिङ पोस्ट

Ncell