PahiloPost

Jul 3, 2024 | २० असार २०८१

इटालीमा उपचारपछि ९५ वर्षीया वृद्धा कोरोना भाइरसबाट मुक्त



इटालीमा उपचारपछि ९५ वर्षीया वृद्धा कोरोना भाइरसबाट मुक्त

कोरोना भाइरसको संक्रमण फैलिएसँगै इटाली हाल 'लकडाउन'मा छ। भाइरसको कारण मृत्यु हुनेको संख्या ५ हजार ५ सय नाघेसँगै इटाली सरकारले कसैलाई पनि घरबाट बाहिर ननिस्कन निर्देशन दिएको छ।

डटालीमा करिब ६० हजारजनामा भाइरसबाट संक्रमित भएका छन्। द गार्डीयनका अनुसार इटालीमा प्रत्येक दिन ५ हजारभन्दा धेरै व्यक्तिमा भाइरसको संक्रमण भएको देखिएको छ। गएको २४ घण्टामा मात्रै ६ सय ५१ जनाको भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

चीनको वुहानबाट फैलिएको भाइरसका बारण इटालीमा सबैभन्दा धेरै मानिस प्रभावित भएका छन्। चीनभन्दा इटालीमा भाइरसबाट मृत्यु हुनेको संख्या उच्च रहेको छ।  मृत्यु हुनेमा अधिकांश वृद्धवद्धाहरु रहेका छन्। भाइरसको संक्रमण विश्वभर फैलिएसँगै ६० वर्ष पार गरेका वृद्धवृद्धाहरुको स्वास्थ्यमा ध्यान दिन आग्रह गरिएको छ।

यसैबीच इटालीमा कोरोनाबाट संक्रमित एक ९५ वर्षीया वृद्धा उपचारपछि भाइरस मुक्त भएकी छिन्।

फनानो बस्ने ती वृद्धामा गत महिना भाइरसको संक्रमण देखिएको थियो।

भाइरसबाट मुक्त भएपछि स्थानीय मिडियासँग कुरा गर्दै उनले भनेकी छिन्, ' म ठिक छु। अस्पतालमा मेरो स्याहार गर्ने सबैजना राम्रा मानिस थिए। अब केही बेरमा उनीहरुले मलाई घर फिर्ता पठाउने छन्।'

हाल ती वृद्धालाई डिस्चार्ज गरिएको बताइएको छ। अस्पतालले 'एन्टी भाइरल थेरेपी' को माध्यमबाट ती वृद्धालाई भारत मुक्त बनाउ सफल भएको दाबी गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell