काठमाडौं : नर्भिक अस्पतालमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित व्यक्तिहरुको उपचारका लागि आइसोलेसन वार्ड तयार भएको छ।
थापाथलीस्थित अस्पतालको मूल भवनमा १५ शैय्याको आइसोलेसन वार्ड तयार गरिएको अस्पतालका अध्यक्ष वसन्त चौधरीले जानकारी दिए।
कोरोना भाइरसको संक्रमण रोक्न र संक्रमित र आशंका गरिएका व्यक्तिहरुको उपचार हाल अस्पतालको पहिलो प्राथमिक्ता रहेको चौधरीले बताएका छन्। अहिलेको अवस्थामा पैसा गौण कुरा रहेको भन्दै विपन्न विरामीको सेवा कुरा हालतमा नरोकिने बताएका छन्।
यसअघि नर्भिक अस्पताल तथा वसन्त चौधरी फाउन्डेसनले सरकारले घोषणा गरेको कोरोना कोषमा १ करोड सहयोग गर्ने घोषणा गरिएको थियो।