लियोनल मेस्सी सहित बार्सिलोनाका खेलाडीहरुले आफ्नो तलबको ७० प्रतिशत कटौती गर्ने भएका छन्। मुस्किलको अवस्थामा अन्य कर्मचारीलाई तलब मिलिरहोस भन्नका लागि यो निर्णय गरेको बताइएको छ। मेस्सीले सोमबार इन्टाग्राममा एउटा पोस्ट गर्दै आफूहरुले ७० प्रतिशत तलब कटौती गर्ने बताएका हुन्। स्पेनका अरु क्लबले पनि खेलाडीको तलबमा अस्थायी रुपमा कटौती गरेका छन्।
‘देशमा उत्पन्न भइरहेको आपतकालिन अवस्थाका लागि यो घोषणा गर्ने समय आइसकेको छ कि हाम्रो तलबबाट ७० प्रतिशत कटौती गरेर हामीले योगदान गर्न सकौं। ताकी अहिलेको अफ्ठ्यारो अवस्थामा कर्मचारीहरुले पुरा तलब पाउन्। साथै हामी स्पस्ट पार्न चाहन्छौं कि अहिलेको अफ्ठायारो स्थिति बुझेर हामी पहिलाबाटै सहयोग गर्न चाहिरहेका थियौं,’ उनले लेखेका छन्। उनले क्लबले आवश्यक ठानेको सहयोग आफूहरुले गर्दै आएको स्मरण गर्दै अहिलेको अवस्थामा आफूलाई सहयोग गर्न इच्छुक रहेको बताएका छन्।