PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

भारतमा लकडाउन उल्लंघन गर्नेलाई सतर्क बनाउन जसले बनाए ‘कोरोना भाइरस हेल्मेट’



भारतमा लकडाउन उल्लंघन गर्नेलाई सतर्क बनाउन जसले बनाए ‘कोरोना भाइरस हेल्मेट’
PHOTO : king gowtham/twitter

भारत हाल लकडाउनमा छ। कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्ने भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन घोषणा गरेका थिए।

लकडाउन सुरु भएसँगै त्यसलाई उल्लंघन गर्ने पनि धेरै बढे। त्यसैले भारतीय प्रहरीले अटेर गर्नेहरुलाई लाठीले हानेर होस्, उठबस गराएर होस् वा आरती गरेर, घरभित्रै बस्न सचेत गराए। तर पनि सडकमा मानिस आइरहे।

यसैबीच भारतको चेन्नईका केही तस्विर र भिडियो विश्वभर भाइरल भए। जसमा प्रहरी अधिकारीहरुले स्पाइक्स प्रोटिनहरु फैलिएको हेल्मेट लगाएका थिए अर्थात् ‘कोरोना भाइरस हेलमेट’।

भाइरस फैलिनबाट रोक्न नै भारत सरकारले लकडाउन गरेको तर उल्लंघन गर्ने मानिस बिना कुनै सुरक्षा बाहिर हिँडडुल गरेपछि भाइरसबारे बुझाउन प्रहरीले उक्त हेल्मेट प्रयोगमा ल्याएको थियो।

उक्त कोरोना भाइरस हेल्मेट बनाएका हुन् चेन्नईका बि गउथामले। लकडाउन उल्लंघन गर्दै धेरै मानिस घरबाट निस्किएपछि भाइरसप्रति सतर्क बनाउन र भाइरसको संक्रमण भएको खण्डमा उत्पन्न हुने डरको महसुस गराउन हेल्मेट बनाएको गउथाम बताउँछन्।

‘मानिसहरु लकडाउन उल्लंघन गर्दै बाहिर निस्किए। यो अवस्थामा प्रहरीमात्रै जनतासँग नजिक रहेको हुन्छ। त्यसैले म उनीहरुलाई सहयोग गर्न चाहन्थेँ।’

लकडाउनको सुरुवाती दिनमा उनी चेन्नईस्थित भिल्लिभक्कम प्रहरी चौका पुगे र त्यहाँको प्रहरी अधिकारीसँग जनचेतना फैलाउने विषयमा सल्लाह गरे। पहिला उनले भाइरसबाट सतर्क बनाउन ‘यदि तिमी घरबाहिर आयौ भने म तिम्रो घरभित्र आउँछु’ लेखेको प्लेकार्ड बनाउने योजना बनाए।

उनी कुनै रमाइलोका लागिमात्रै यो बनाउन चाहँदैन थिए। उनी चाहन्थे कि सडकमा आउने नागरिकसँग भाइरसको आमनेसामने होस्। भाइरसको संक्रमणबाट उनीहरुमा डर उत्पन्न होस्।

त्यसपछि उनले बनाए ‘कोरोना भाइरस वारियर’।

 

गौतमले निर्माण गरेको यस वारियरमा हेल्मेट र सिल्ड रहेको छ। जसलाई कोरोना भाइरसको माइक्रोस्कोपिक तस्विरको लुक दिइएको छ।

यी सबै सामाग्री पत्रपत्रिका, प्रयोगविहीन रहेका काठ, खाना डेलिभरी गर्न प्रयोग भएका पुराना भाडालगायतका पुन: प्रयोग गर्न मिल्ने सामानबाट बनाइएको थियो।

‘अहिले हामी र हाम्रो राष्ट्र बचाउनका लागि कोरोना वारियरको आवश्यक्ता छ। प्रहरी दिनभर सडकमा खटेर हाम्रो रक्षा गरिरहेको छ।’ उनले भने।

हेल्मेटको कन्सेप्ट भारतमात्रै नभइ विश्वभर भाइरल भएसँगै उनी अब फेरि यही सामान निर्माण गर्न चाहँदैनन्। उनी कोरोना भाइरसले उत्पन्न परिस्थिति बुझाउने सन्देश प्रवाह गर्न केही नयाँ गर्ने सोचिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell