PahiloPost

Dec 16, 2024 | १ पुष २०८१

कोरोना भाइरसको संक्रमणका कारण बेलायतमा एक नेपालीको निधन



कोरोना भाइरसको संक्रमणका कारण बेलायतमा एक नेपालीको निधन
फोटो : wenepali.com

बेलायतमा कोरोना संक्रमणका कारण एक नेपालीको मृत्यु भएको छ।

बेलायतबाट संचालित वीनेपाली डटकमका अनुसार कोरोना भाइरसबाट संक्रमणबाट  बाग्लुङका कर्णबहादुर क्षेत्री (केसी) को लण्डनमा मृत्यु भएको हो।

नातिको विवाहमा सहभागी हुन उनी श्रीमतीसहित मार्च २ मा लण्डन पुगेका थिए। भाइरसको लक्षण देखिएसँगै लण्डनको नर्थविक पार्क हस्पिटलमा भर्ना भएका उनलाई १० दिनसम्म अस्पतालको आइसियुमा राखी उपचार गर्दा पनि उनको स्वास्थ्यमा सुधार आएको थिएन।

प्रवासी नेपाली मञ्च युकेका अध्यक्ष राजेन्द्र पुडासैनीका अनुसार अप्रिल ८ मा संक्रमणका कारण क्षेत्रीको मृत्यु भएको हो।

क्षेत्री विसं २०४९ को स्थानीय निर्वाचनमा बाग्लुङको अमलाचौर गाविसको उपाध्यक्षमा तत्कालिन नेकपा एमालेको तर्फबाट अत्याधिक मत ल्याएर निर्वाचित भएका थिए।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell