![कोरोना उपचारमा 'उपयोगी मानिएको' दश लाख ट्याब्लेट मलेरियाको औषधि भारतले नेपाललाई दिँदै, अमेरिकाले पाउने भयो ३५ लाख ८२ हजार](https://pahilopost.com/assets/upload/contentthumb/hydroxychloroquine-15849711071.jpg)
भारत सरकारले नेपाललाई १० लाख हाइड्रोक्लोरोक्विन ट्याब्लेट दिने भएको छ। मलेरियाविरुद्ध प्रयोग हुने हाइड्रोक्लोरोक्विन निर्यातमा भारतले पहिला प्रतिबन्ध लगाएको थियो। पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हाइड्रोक्लोरोक्विन दिन आग्रह गरेपछि नरेन्द्र मोदी सरकारले निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको थियो। हाइड्रोक्लोरोक्विन ट्याब्लेट मलेरियाको उपचारमा प्रयोग गरिन्छ।
प्रतिबन्ध हटाएसँगै भारतले अमेरिकासहित १३ देशलाई हाइड्रोक्लोरोक्विन दिने भएको हो। जसमा नेपाललाई १० लाख ट्याब्लेट दिइने बताइएको छ।
एएनआइका अनुसार भारतले अमेरिकालाई ३५ लाख ८२ हजार ट्याब्लेट दिने जनाएको छ। अमेरिकाले भारतसँग ४८ लाख ट्याब्लेट मागेको थियो।
India has cleared first list of 13 countries for Hydroxychloroquine. USA had asked for 48 lakh tablets of HCQ, India has sanctioned 35.82 lakh tablets. India has also sent 9MT API to US, as per their request: Sources
— ANI (@ANI) April 10, 2020
यस्तै, ब्राजिल, जर्मनी र क्यानडामा ५० – ५० लाख ट्याब्लेट पठाइनेछ। दक्षिण एसियाली राष्ट्रहरुलाई समेत भारतले ट्याब्लेट दिने भएको छ। जसअन्तर्गत बंगलादेशले २० लाख, भुटानले २ लाख, श्रीलंकाले १० लाख,अफगानिस्तानले ५ लाख र माल्दिभ्सले २ लाख हाइड्रो क्लोरोक्विन ट्याब्लेट पाउनेछन्।
Bangladesh will get 20 lakh tablets of Hydroxychloroquine, Nepal 10 lakh, Bhutan 2 lakh, Sri Lanka 10 lakh (not in first consignment), Afghanistan 5 lakh, and Maldives 2 lakh: Sources
— ANI (@ANI) April 10, 2020
अमेरिकी राष्ट्रपति ट्रम्पले पनि हाइड्रोक्लोरोक्विन रक्लोरोक्विनको प्रयोगबाट कोरोना भाइरसबाट संक्रमितको उपचार हुन सक्ने दाबी गरेका थिए। त्यसयता, यस एन्टी मलेसिया ड्रगको माग बजारमा बढेको थियो।
भारतमा भने इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसिएमआर) ले गत सोमबार कोरोना भाइरसबाट संक्रमित र आशंका गरिएका व्यक्तिहरुको उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीमा प्रयोग गर्न सक्ने भन्दै सिफारिस गरेको थियो।
आइसिएमआरका निर्देशक बलराम भारगवले कोरोनाभ सो ‘एन्टी मलेरिया ड्रग’ को प्रयोग भाइरस संक्रमित व्यक्तिहरुसँग सम्पर्कमा रहेका तर कुनै लक्षण नदेखिएका व्यक्तिहरुमा समेत प्रयोग गर्न सक्ने बताएका थिए।