कोरोना भाइरसबाट संक्रमित बलिउड फिल्म निर्माता करिम मोरानीको दोस्रो कोरोना परीक्षण पनि पोजिटिभ आएको छ।' रा वन' , 'चेन्नई एक्सप्रेस'जस्तो बलिउडका चर्चित फिल्महरु निर्माण गरेका मोरानी ८ अप्रिलदेखि मुम्बईको नानावटी अस्पतालमको आइसोलेसन वार्डमा रहेका छन्।
त्यसअघि मोरानीमा भाइरसको कुनै लक्षण देखिएको थिएन। अस्पतालमा उनको परीक्षण गर्दा कोभिड १९ पोजिटिभ आएको हो।
६० बर्षीय मोरानीका दुईजना छोरीहरूको परीक्षण पनि पोजिटिभ आएको थियो। उनीहरु दुवैजना भने अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।