काठमाडौं : समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सरकारी कदमको विरोध गरेका छन्।
भट्टराईले सरकारले अध्यादेश जारी गरी सुध्रनै नसक्ने कदम चालेको आरोप लगाए।
सामाजिक सञ्जाल ट्वीटरमार्फत भट्टराईले देश थप संकटमा फस्दै गएको दाबी गरे।
सम्पूर्ण देश एकढिक्का भएर केरोनाबिरूद्ध लड्नुपर्ने बेलामा पार्टी फुटाउने अध्यादेश जारी गर्नु ओली सरकार सुध्रनै नसक्ने गरी रसातलतिर भासिएको प्रमाण हो।जुनसुकै पार्टी फुटाउने लक्ष्य राखिएको भए पनि यो लोकतन्रविरूद्ध गम्भीर अपराध हो।देश थप संकटमा फस्दैछ!लोकतन्त्रका हत्यारादेखि सावधान!
— Baburam Bhattarai (@brb1954) April 20, 2020
'सम्पूर्ण देश एकढिक्का भएर केरोनाबिरूद्ध लड्नुपर्ने बेलामा पार्टी फुटाउने अध्यादेश जारी गर्नु ओली सरकार सुध्रनै नसक्ने गरी रसातलतिर भासिएको प्रमाण हो,' भट्टराईले भनेका छन्।
त्यसैगरी उनले जुनसुकै पार्टी फुटाउने लक्ष्य राखे पनि यो गम्भीर अपराध भएको बताए। भने, 'जुनसुकै पार्टी फुटाउने लक्ष्य राखिएको भए पनि यो लोकतन्रविरूद्ध गम्भीर अपराध हो।देश थप संकटमा फस्दैछ!लोकतन्त्रका हत्यारादेखि सावधान!'