PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

कोरोना संक्रमणबाट मुक्त हुँदै एकमहिना पछि काममा फर्किए बेलायती प्रधानमन्त्री



कोरोना संक्रमणबाट मुक्त हुँदै एकमहिना पछि काममा फर्किए बेलायती प्रधानमन्त्री
Photo : John Sibley/Reuters

बेलायती प्रधानमन्त्री बोरिस जोनसन कोरोना भाइरसलाई जित्दै काममा फर्किएका छन्।

संक्रमण मुक्त हुँदै डाउनिङ स्ट्रिट फर्किँदै उनले बेलायत अझै पनि भाइरसको जोखिममा रहेको भन्दै लकडाउन खुकुलो नहुने बताएका छन्।

'हामी यो महामारीलाई पराजित गर्ने सुरुवाती चरणमा मात्रै छौं। यसबेला हामीले धैर्यता गुमाउनु हुँदैन।' नम्बर १० मा सम्बोधन गर्दै उनले भने।

भाइरसको संक्रमण देखिएको एकमहिनापछि डाउनिङ स्ट्रिट फर्किएका जोनसनले धेरै समयसम्म कामभन्दा टाढा बस्नुपरेकोमा माफी माग्दै उनको अनुपस्थितिमा सरकार संचालन गर्न सहयोग गरेकोमा सबैलाई धन्यवाद दिए।

भाइरसबाट संक्रमित भएपछि उनी घरमा नै आराम गरिरहेका थिए। भाइरसको लक्षणहरु बढ्दै गएसँगै उनलाई अप्रिल २ मा अस्पताल भर्ना गरिएको थियो। पाँचदिनसम्म आइसियुमा राखेरउपचार गरेपछि उनलाई डिस्चार्ज गरिएको थियो। त्यसयता बोरिस लन्डन बाहिर स्वास्थ्य लाभ गर्दै आएका थिए।

सोमबार काममा फर्कदै उनले लकडाउनका कारण धेरै जटिल परिस्थिति सिर्जना भएको भन्दै भने,'अहिले नै हामीले लकडाउनलाई अन्त्य गर्‍यौं भने यसले भाइरस संक्रमणलाई थप बढाउन सक्छ।'

बोरिसले कोरोना संक्रमितको उपचारमा खटिरहेका स्वास्थ्यकर्मीहरुलाई विशेष धन्यवाद दिँदै आगामी दिनहरुमा समेत सबै नागरिकले लकडाउनको पालना गर्नेमा विश्वास व्यक्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell