PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

राष्ट्रपतिद्वारा संघीय संसदको महासचिवमा गौतम नियुक्त



राष्ट्रपतिद्वारा संघीय संसदको महासचिवमा गौतम नियुक्त

काठमाडौं : संघीय संसद्को महासचिवमा डा. भरतराज गौतम नियुक्त भएका छन्। सोमवार राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई महासचिवममा नियुक्त गरेकी हुन्।

आजै संघीय संसद्को महासचिवमा संवैधानिक व्यवस्था अनुसार सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले डा. गौतमलाई महासचिवमा सिफारिस गरेका थिए।

लामाचौर कास्कीका गौतम २०५१ साल न्याय सेवाको नायब सुब्बाबाट सरकारी सेवामा प्रवेश गरेका हुन्। २०५१ मै गौतम संसद् सेवाको शाखा अधिकृतमा प्रवेश गरेका हुन्। २०७५ असारमा उनी संसद्को सचिवमा बढुवा भएका थिए। गौतमले प्रशासनिक पुनर्संरचनामा त्रिभुवन विश्वविद्यालयमा विद्यावारिधि गरेका छन्। सभामुखबाट शपथ लिएपछि कार्यभार गौतमले कार्यभार सम्हाल्नेछन्।

सचिवालयका रहेका उनी वरिष्ठताका आधारमा महासचिवमा सिफारिसमा परेका थिए।

चैत ३ गतेदेखि महासचिव पद रिक्त रहेको थियो। तत्कालीन महासचिव मनोहरप्रसाद भट्टराईले अवकाश पाएपछि सचिव गोपालनाथ योगीले कार्यवाहक महासचिवको जिम्मेवारी पाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell