PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

आइतवारको लागि तय भएको पोल्यान्डको राष्ट्रपतिय निर्वाचन स्थगित



आइतवारको लागि तय भएको पोल्यान्डको राष्ट्रपतिय निर्वाचन स्थगित
Czarek Sokolowski/AP Photo

पोल्यान्डको सत्तारुढ र गठबन्धन पार्टीबीच आइतवारको लागि तय भएको राष्ट्रपतिय निर्वाचन स्थगित गर्ने सहमति भएको छ। बुधवार भएको सहमतिमा नयाँ मिति निर्धारण नगरी नै राष्ट्रपतिय निर्वाचन स्थगित गर्ने सहमति भएको हो।

सत्तारुढ दल ल एण्ड जस्टिस पार्टीका अध्यक्ष जारोस्ल काजिन्स्किी र सत्तारुढ दलसँग गठबन्धनमा रहेको अर्को सानो पार्टीका नेता जारोस्ल गोविनले संयुक्त विज्ञप्तिमार्फत आइतवारको लागि तय भएको निर्वाचन स्थगित गर्ने र नयाँ मिति तोक्ने सहमति भएको जानकारी गराएका छन्। उनीहरुले उक्त निर्णयलाई ‘लोकतान्त्रिक निर्वाचनमा सहभागीताको अवसर सुनिश्चित गर्ने उपाय’ भएको उल्लेख गरेका छन्।

आइतवार निर्वाचन हुने/नहुने अन्यौलपूर्ण अवस्थाका बीच आएको उक्त निर्णयले केही स्पष्टता छाएको छ। महिनौँ अघि मे १० (आइतवार)को लागि निर्वाचनको मिति तोकिएको थियो। तर, कारोना भाइरस पान्डेमिकको रोकथामका लागि सरकारले लकडाउन जारी गरेपछि निर्वाचन अनिश्चित बनेको थियो।

सत्तारुढ पार्टी र विपक्षीबीच विवाद चर्किँदा निर्वाचनको विकल्पको बारेमा सहमति हुन सकेको थिएन। सत्तारुढ पार्टी हुलाकबाट भोट हालेर भएपनि चुनाव गर्ने पक्षमा थियो। तर, त्यसले कानुनी स्वीकृति भने पाउन सकेन। छोटो समयमा तय हुने त्यसप्रकारको निर्वाचन लोकतान्त्रिक रुपमा निश्पक्ष नहुने कतिपयको ठम्याइ थियो।

काजिन्स्किी र गोविनबीचको यसअघिको असहमतिले पनि ठूलो राजनीतिक संकट निम्तिने चुनौति पैदा भएको थियो। उनीहरुबीचको हालको सहमतिले सो संकट टरेको छ।

उनीहरुकै योजना अनुरुप आइतवारपछि सर्वोच्च अदालतले चुनाव हुन नसकेको घोषणा गर्नेछ र संसदका सभामुख एल्जबिएटा विटेकले निर्वाचनको पहिलो सम्भावित मिति तोक्नेछिन्। आगामी निर्वाचन कहिलेसम्म हुनेछ भन्ने बारे उनीहरुले केही बताएका छैनन्।

संविधानले तय गरेको सीमा अनुसार २०२० को अन्तिम संभावित मिति मे २३ हो। तर, उनीहरुले संविधान संशोधन गरेर मिति पछि सार्न सकिने बताएका छन्। जुन निर्वाचनमा हुलाकमार्फत मतदान हुने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell