PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

पूर्वराष्ट्रिय फुटबल खेलाडी रन्जित श्रेष्ठलाई कोरोना संक्रमण, भन्छन्: 'खासै केही जस्तो लागेको छैन'



पूर्वराष्ट्रिय फुटबल खेलाडी रन्जित श्रेष्ठलाई कोरोना संक्रमण, भन्छन्: 'खासै केही जस्तो लागेको छैन'

काठमाडौं: पूर्वराष्ट्रिय खेलाडी रन्जित श्रेष्ठलाई कोरोना संक्रमण भएको छ। पछिल्लो समय दुवइमा बस्दै आएका उनले  आफूलाई कोरोना सङक्रमण भएको जानकारी दिएका हुन्।

'म सेल्फ आइसोलेसनमा छु। मलाई कोरोनाम सङ्क्रमण छ। खासै केहि जस्तो त लागेको छैन मलाई। ब्यालेन्स डाइट गरिरहेको छु' उनले भने 'सबैजना कोरोना भाइरसले प्यानिक भएको होला तर आत्तिनु पर्ने अवस्था छैन।'

भिडियोमा उनले आफूलाई कोरोना भाइरस सङक्रमण भएको ४/५ दिन भएको बताउँदै सामान्य महसुस भएको बताए।

'नर्मल छु यस्तै कफहरु पनि छैन। सेल्फ आइसोलेसनमा बसेको छु। खानाहरु खान्छु। लेमनहरु राखेको छु। जगिङ गर्दै बसेको बस्छु।' उनले भने। एउटा भिडियो सामाजिक सन्जालमा शेयर गरेका छन् जसमा उनी आफुले बताएजस्तै फिट देखिन्छन्।

'जति पनि मेरो साथीभाइहरु फेसबुकमा हुनुहुन्छ। नडराउनु होला। त्यस्तो सारो डर मान्नु पर्ने खालको अवस्था छैन।' उनी भन्छन्।

पहिलोपोस्टसँग कुरा गर्दै उनले मे ५ मा परीक्षण गरेको र मे ६ मा कोरोना सङ्क्रमण पुस्टी भएको बताए। सन् २०१७ यता उनी दुवइमा बस्दै आएका छन्। पछिल्लो पटक डिसेम्बरमा २० दिनका लागि नेपाल आएको उनले बताए।

नेपालको राष्ट्रिय टिमका लागि सन् २००८ देखि १० सम्म खेलेका थिए। संकटा क्लबमा एक वर्ष, एनआरटीमा ३ वर्ष र थ्रीस्टारबाट एक सिजन खेलेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell