सन् २०१८ मा केन्यामा अपरहणमा परेकी इटालियन स्वयमसेविका स्वदेश फर्केकी छिन्।
२५ वर्षीय सिलभिया रोमानोलाई गत शनिवार इस्लामिस्ट समूहले सोमालियाको राजधानी मोगाडासु नजिकै रिहा गरेको बीबीसीले जनाएको छ।
सिलभियालाई रोममा स्वागत गर्न विमानस्थलमा उनको परिवारका साथै इटाली सरकारका उच्च अधिकारी पुगेका थिए।
सन् २०१८ मा इटालियन च्यारिटी अफ्रिया मिलेले अनलसका लागि काम गरिरहेकी उनलाई केन्याको मिलिफी कन्ट्रीको ग्रामिण होटलबाट अपहरण गरिएको थियो। पछि उनलाई सोमालिया लगिएको बताइएको छ।
उनलाई अपहरणबाट मुक्त गराउन इटालीको 'सिक्रेट सर्भिस'ले टर्की र सोमालियासँग सहकार्य गरेको थियो।
रोमको सिएमपिनो विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सिलभियाले आफू शारीरिक र मानिसिक रुपमा स्वस्थ भएको प्रतिक्रिया दिएकी छिन्।
गृह नगर मिलान फर्किएकी सिलभियाको स्वागतमा चर्चको घण्ट बजाइएको थियो भने मिलानवासीले बालकोनीमा आएर उनको स्वागत गरेका थिए।