PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

नीति तथा कार्यक्रममा आत्मप्रशंसा धेरै भएको बाबुरामको आरोप, 'अहिलेसम्मकै लामो सूचीमा संघीयताको धज्जी उडाइयो'



नीति तथा कार्यक्रममा आत्मप्रशंसा धेरै भएको बाबुरामको आरोप, 'अहिलेसम्मकै लामो सूचीमा संघीयताको धज्जी उडाइयो'
फाइल फोटो

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आत्मप्रशंसा धेरै भएको आरोप लगाएका छन्।

पूर्व अर्थमन्त्रीसमेत रहेका भट्टराईले यो नीति तथा कार्यक्रम सम्भवता अहिलेसम्मकै लामो भएको बताए।

सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, 'अहिलेसम्मकै सम्भवत:सबभन्दा लामो सरकारी नीति/कार्यक्रममा निकै आत्मप्रशंसा,केही सपना र अतिधेरै इच्छा-सूची रापद्वारा वाचन गराइयो।'

सरकारले स्थानीय र प्रदेश तहका कार्यक्रमसमेत वाचन गरी संघीयताको धज्जी उडाएको आरोप लगाए। 'प्रदेश/स्थानीय तहका कार्यक्रमसमेत संघबाट वाचन गरेर संघीयताको धज्जी उडाइयो। कसैले भनै झैं सबैथोक गर्छु भन्नु केही पनि नगर्नु हो! हामी कहिलेसम्म मूर्ख बन्ने?' बाबुरामले प्रश्न गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell