PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

पाकिस्तानमा रोकिएन 'अनर किलिङ', भिडियोमा देखिएको भन्दै दुई युवतीको हत्या



पाकिस्तानमा रोकिएन 'अनर किलिङ', भिडियोमा देखिएको भन्दै दुई युवतीको हत्या
फोटो : बीबीसी

पाकिस्तानमा दुईजना युवतीको हत्या गरिएको छ। पाकिस्तानको वजिरिस्तानको ग्रामिण भेगमा बस्दै आएकी उनीहरुलाई परिवारकै एक सदस्यले गोली हानेर हत्या गरेको बीबीसीले उल्लेख गरेको छ। दुई युवतीको भिडियो सामाजिक संजालमा भाइरल भएपछि 'पारिवारिक इज्जत' को नाममा उनीहरुको हत्या गरिएको बताइएको छ।

उक्त भिडियोमा दुई युवती एक युवकसँग देखिएको बताइएको छ। वजिरिस्तानको साम प्लेज ग्रयोम क्षेत्रमा तीनजना युवतीसँग एक जना युवकले भिडियो खिचिरहेको देख्न सकिने पाकिस्तानी मिडियाहरुले उल्लेख गरेको छ।

उक्त भिडियो करिब एक वर्ष अघि नै लिइएको र हाल भाइरल भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

प्रहरीले हाल भिडियोमा देखिएको तेस्रो युवती र युवकको ज्यानको सुरक्षा गर्नु रहेको बताएको छ।

पाकिस्तानमा परिवारको इज्जतको नाममा  'हनर किलिङ' पहिला भन्दा कम भएपनि पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell