PahiloPost

Sep 30, 2024 | १४ असोज २०८१

आइतवार संसदमा संविधान संशोधन विधेयक प्रस्तुत हुने कार्यक्रम



आइतवार संसदमा संविधान संशोधन विधेयक प्रस्तुत हुने कार्यक्रम

काठमाडौं : आइतवार प्रतिनिधि सभा बैठकमा संविधान संशोधन विधेयक प्रस्तुत हुने भएको छ। संघीय संसद सचिवालयद्वारा जारी कार्यसूचीमा आइतवार ११ बजे बस्ने बैठमा विधेयक प्रस्तुत हुने उल्लेख गरिएको छ।

कार्यसूचीअनुसार आइतवार बैठकमा कानुनमन्त्री शिवमाया तुम्वाहाङफेले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक , २०७७ ’ पेश गर्ने कार्यसूची रहेको छ। त्यसपछि उक्त विधेयकलाई बैठकमा पेश गरिनेछ। संशोधन प्रस्तावलाई पहिलो नम्बरमा राखिएको छ।

नेपाली काँग्रेसले केन्द्रीय कमिटीबाट संशोधन विधेयक बसी निर्णय गर्ने भनेपछि जेठ १४ गते विधेयक प्रस्तुत भएको थिएन।

शनिवार बसेको केन्द्रीय समिति बैठकले विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिइसकेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell