काठमाडौं : पछिल्लो महामारीका बेला नियमित उडान रद्द भएसँगै केही चार्टर उडानलाई भने नेपाल सरकारले अनुमति दिन थालेको छ।
विशेष गरी विदेशबाट स्वदेश आउन चाहने नेपालीका लागि यस्ता चार्टर उडान भर्न थालेका हुन्। तर, यस्ता चार्टर उडानले चर्को भाडा लिन थालेको गुनासो यात्रुले गर्न थालेका छन्।
जापान र हङकङमा भएका उडानमा अस्वभाविक रुपमा भाडा लिएको गुनासोपछि सरकारले संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा छानबिन समितिसमेत गठन गरेको छ।
समितिमा पर्यटन विभागका निर्देशक सुरेन्द्र थापा, नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको हवाई यातायात महाशाखाका प्रमुख सदस्य रहेका छन्। समितिका सदस्य सचिवमा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव (कानून शाखा) राजन नेपाल नेपाल रहेका छन्। समितिलाई सात दिनको म्याद दिइएको छ।
'सो सम्बन्धमा विमान चार्टर गरी यात्रु ओसार्दा टिकट बिक्रीगर्ने चार्टर पार्टी एवं ट्राभल एजेन्सीले यात्रुसँग के कस्तो आधारबाट के कति भाडा लिइएको हो। सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न तपशील बमोजिमको छानबिन समिति गठन गरिएको छ,' पर्यटन मन्त्रालयका सहायक प्रवक्ता एवं उप सचिव राजन पौडेल पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।