PahiloPost

Jul 3, 2024 | २० असार २०८१

७४ जिल्लामा पुग्यो कोरोना, २४ घण्टामा ६७१ संक्रमित, कुन जिल्लामा कति थपिए?



७४ जिल्लामा पुग्यो कोरोना, २४ घण्टामा ६७१ संक्रमित, कुन जिल्लामा कति थपिए?

काठमाडौँ: पछिल्लो २४ घण्टामा ६७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या सात हजार ८४८ जनामा संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ।

पछिल्लो २४ घण्टामा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका २ र मोरङका १ जनामा संक्रमण पुष्टि भएको छ।

जनस्वास्थ्य प्रयोगशाला टेकुमा अछामका ४२, बैतडीका २५, बाजुराका ४१ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै डडेलधुराका ८४, कैलालीका २१, कपिलवस्तुका १६ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै भक्तपुरका ३ जना, काठमाडौं र नुवाकोटका २/२ जनामा पनि संक्रमण पुष्टि भएको छ।

त्यस्तै रौतहटमा ३४ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै रुपन्देही २ र सर्लाहीका २ जनामा पनि संक्रमण पुष्टि भएको छ। त्यस्तै सिन्धुपाल्चोक, ललितपुर, महोत्तरी र नवलपरासीका एक/एक जनामा संक्रमण पुष्टि भएको छ।

शुक्रराज ट्रपिकल अस्पताल प्रयोगशालामा सिन्धुलीका १ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै भरतपुर प्रयोगशालामा पर्वतका ५, चितवन र नवलपरासी पूर्वका १/१ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै धुलिखेल अस्पताल प्रयोगशालामा धनुषाका २९ जनामा संक्रमण पुष्टि भएको छ। धुलिखेलमै भएको परीक्षणमा बाग्लुङका १, मनाङका १, नवलपरासी पूर्वका ३०, स्याङ्जा ९, पर्वत ४, तनहुँ १५ र गोरखाका ११ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गुल्मीका ३, कपिलवस्तुका १ र रुपन्देहीका ९ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै पाल्पाका ६ र अर्घाखाँचीका ९७ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै भेरी अस्पताल प्रयोगशालामा बाँकेका ३र बर्दियाका ३ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै कैलाली र दैलेखका एक/एक जनामा समेत संक्रमण पुष्टि भएको छ।

त्यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रयोगशालामा दाङका ४ जनामा संक्रमण पुष्टि भएको छ। प्रादेशिक अस्पतला सुर्खेत प्रयोगशालामा भएको परीक्षणमा दैलेखका ८६ र सुर्खेतका ३४ जनामा संक्रमण पुष्टि भएको छ। सेती अञ्चल अस्पताल प्रयोगशालामा अछामका २, बझाङ २, कैलालीका २०, डोटीका ५ र कञ्चनपुर २ गरी ३१ जना संक्रमित छन्।

आज संक्रमण पुष्टि भएकामध्ये ८० जना महिला र ५९१ जना पुरुष छन्। हालसम्म संक्रमण पुष्टि भएका मध्ये महिलाको संख्या ६१९ र पुरुष सात हजार २२९ जना संक्रमित भएका छन्।

आज मनाङ जिल्लामा संक्रमण पुष्टि भएसँगै संक्रमण पुष्टि भएका जिल्लाको संख्या ७४ पुगेको छ।

हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार १८६ पुगेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell