PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

मैले चीनसँग हतियार लिएर भारतसँग बदला लिनुपर्छ भनेकै छैन : वामदेव



मैले चीनसँग हतियार लिएर भारतसँग बदला लिनुपर्छ भनेकै छैन : वामदेव
फाइल फोटो

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले भारतसँगको सीमा विवाद कुटनीतिक वार्ताका माध्यमबाट सुल्झाउनपर्ने बताएका छन्।

सञ्चारमाध्यममा आएजस्तो आफूले चीनसँग हतियार लिएर भारतसँग बदला लिनुपर्छ नभनेको स्पष्ट पार्दै उपाध्यक्ष गौतमले सरकार र जनता सीमा विवादको समाधान कुटनीतिक विधिबाट गर्न दृढ रहेको उल्लेख गरेका छन्। ‘मैले चीनसँग हतियार लिएर भारतसँग बदला लिनुपर्छ भन्नेजस्ता अव्यवहारिक, असान्दर्भिक तथा उत्तेजक अभिव्यक्ति दिएको छैन,’ उनले भनेका छन्।

आफ्नो राजनीतिक तथा सामाजिक जीवनमा हरदम राष्ट्र र राष्ट्रियताका मुद्दामा आफूलाई स्पष्ट रुममा प्रस्तुत गर्दै आएको, विगतमा भएको असमान महाकाली सन्धी, कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा भूमि अतिक्रमित भएको सन्दर्भ लगायत विषयमा सधैं स्पष्टताका साथ लागिरहेकोमा कुनै शंका नरहेको वामदेवको भनाई छ।

‘तर, यो विषयको समाधान कुनै फौजी गतिविधिबाट हुन्छ वा हुनुपर्छ भन्ने मान्यता मैले आजसम्म राखेको छैन। हामी हाम्रो भूमि रक्षाका निम्ति जस्तै कठिन संघर्ष र बलिदानी भूमिका निभाउन तयार छौं। तर, सीमा मामिला सुल्झाउने अनेकन मार्ग प्रशस्त हुँदाहुँदै अहिल्यै फौजी विधिबाट अगाडि बढ्ने विषय आउन सक्दैन,’ उनले भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell