PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

जनकपुरधामको नगरसभाका लागि बहुमत पुर्‍याउने प्रयासमा मेयर



सुमित मिश्र

जनकपुरधामको नगरसभाका लागि बहुमत पुर्‍याउने प्रयासमा मेयर

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाको नगरसभाको विरोधमा वडाध्यक्षहरु नै उभिएपछि मेयर पक्षधरहरु वडाध्यक्षहरुको फर्जी हस्ताक्षर गराइएको पाइएको छ।

नगरसभा जसरी पनि संचालन गर्ने उद्देश्यले मेयर पक्षधरहरु बहुमत पुर्‍याउनका लागि फर्जी हस्ताक्षर गरिरहेको भिडियो बाहिरिएको छ। नगरसभा संचालन गर्न नदिने भन्दै वडाध्यक्षहरु धर्नामा बसेको समयमा उपमहानगरको कार्यालयभित्र फर्जी हस्ताक्षर जम्मा गर्ने कार्य भइरहेको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष दिपेन्द्र साहले आरोप लगाए।

यता नगरसभा संचालन गर्न नदिने पक्षमा पनि वडाध्यक्षहरुले हस्ताक्षर अभियान चलाएका छन्। उनीहरुको पक्षमा ७४ जना उपमहानगरपालिकाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु र वडा सदस्यहरुले हस्ताक्षर गरेका छन्। कुल १ सय ३३ सदस्यमध्ये ७४ जनाले नगरसभाको विरुद्धमा हस्ताक्षर गरेका छन्।

यता वडा नम्बर ३ का वडाध्यक्ष साह नगरसभाको पक्षमा कस कसले हस्ताक्षर गरेको छ भनेर बुझ्न खोज्दा नगरपालिकाका कर्मचारी नसिम राइनले सो हस्ताक्षर गरिएको कागज नै च्यातेका छन्। उनले भने ‘मेयर लालकिशोर साहको ईशारामा फर्जी हस्ताक्षर गराइएकोले चोरी बाहिर निस्किने डरले उनले सो कागज च्यातेका हुन्।’  बहुमत सदस्य नगरसभाको विरुद्धमा लागेपछि मेयर साहलाई नगरसभा संचालन गर्न हम्महम्मे परिरहेको छ।

यता वडाध्यक्षहरु नगरसभामा प्रस्तुत हुन लागेको कार्ययोजना बारे आफूहरुलाई केही जानकारी नगराइएको भन्दै वडाध्यक्षहरु धर्नालाई निरन्तरता दिनुका साथै हस्ताक्षर अभियानलाई समेत जारी राखेका छन्।    

जनकपुरधाम उउपमहानगरपालिकाको नगरसभा असार ९ र १० गते गर्ने यसअघि नै तय गरिएको थियो। साढे ८ बजेदेखि नगरसभा संचालन गरिने भनिए पनि अहिलेसम्म नगरसभा बहुमत सदस्यहरुको विरोधका कारण शुरु हुन सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell